प्रतिनिधिसभा बैठक बस्दै, महन्थ पक्ष प्रतिपक्षकै टेबलमा बस्ने


काठमाडौं : प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने पनि कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका जसपा महन्थ ठाकुर पक्षका साँसदहरुले प्रतिपक्षकै टेबलमा बस्ने बताएका छन् । मधेसका मुद्दा सम्बोधन गर्ने आश्वासन दिएकाले विश्वासको मत दिएको र सरकारमा सहभागी नभएकाले प्रतिपक्ष टेबलमै बस्ने उनीहरुको भनाई छ ।

तर जसपा उपेन्द्र यादव पक्षका साँसदहरु भने सत्तापक्षको टेबलमा बस्ने छन् । दोस्रो पटक संसद पुर्नस्थापना भएको पहिलो बैठकमा पनि उपेन्द्र पक्ष सत्तापक्षकै टेबलमा बसेको थियो ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार ०८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ