सिरहामा ‘पार्किङ घर’मा आगो लागेपछि मोटरसाइकल जलेर नष्ट


टुडेखोज, सिरहा : सिरहा नगरपालिका २ का राजकुमार मलिकले गाडी पार्किङ गर्ने घरमा अचानक आगो लागेपछि मोटरसाइकल जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार विहान करिब साढे ४ बजे आगलगी भएको छ । आगोले घरमा राखिएको स. ८ प. ३२४१ नम्बरको मोटरसाइकल जलेर पूर्णरुपले नष्ट भएको हो । आगलगी कसरी भएको कुरा खुल्न सकेका छैन ।

आगो लागेपछि घरमा समेत क्षति पुगेको छ । घटना विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ