सरकार सञ्चालनमा सहजीकरण गर्न कार्यदल गठन, जसपाबाट राजेन्द्र र महेन्द्र


काठमाडौं : सत्ता सहयात्री दलहरुले सात सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलले सरकार सञ्चालनमा सहजीकरण गर्ने बताइएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरु पनि छन् । कांग्रेसबाट खड्काका अतिरिक्त डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएदेखि नै सरकारलाई सहयोग गर्ने संरचना गठनको कुरा उठिरहेको थियो । यसैलाई मूर्तरुप दिइएको हो । कार्यदलले सत्ता सहयात्री दलहरुबीच खटपट उत्पन्न हुन नदिन र सहमतिमा सरकारका नीतिहरु ल्याउन मद्दत गर्ने छ ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ