लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय


काठमाडौं : कोरोना संक्रमण घटेको र परीक्षाहरु सञ्चालन हुन लागेका कारण अब लामो दूरीका सवारी साधनहरु सञ्चालन हुने भएको छ ।

गृह मन्त्रालयले लामो दुरीका सवारी साधन सञ्चालनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको बताइएको छ ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ