सर्वोच्च पुगे महन्थ ठाकुर, ‘हेड काउन्ट’ रोक्न माग


काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अदालत पुगेका छन् ।

उनले आफूले वैधानिक रूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने आयोगले निर्णय गरेकाले रोक्न सर्वोच्च पुगेका हुन् । अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा जसपा नेपालको हेरफेरसहितको केन्द्रीय कार्यकारिणी समितिलाई अध्यावधिक नगरी विवाद निरुपणको प्रक्रिया अगाडि बढाउँदा हेरफेरबाट थपिएका सदस्यहरूको अधिकार खोसिने भन्दै अन्तिम किनारा नलागेसम्म सो निर्णय कार्यन्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश मागिएको छ ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ