चीनले नेपाल पठायो थप ८ लाख डोज खोप


काठमाडौं : चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको सिनोफार्म कम्पनीबाट नेपालले खरिद गरेको ४० लाख डोज खोप नेपाल वायुसेवा निगमको विमानले ओसारिरहेको छ ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार २१:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ