घर पुर्‍याइदिन्छु भन्दै बीचबाटोमै किशोरीलाई बला’त्कार, घटना मिलाउन रकमको बार्गेनिङ !


डडेल्धुरा : डडेल्धुरामा एक किशोरीमाथि बला’त्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको आलिताल गाउँपालिका ६ की १८ वर्षीया किशोरीलाई बला’त्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा परशुराम नगरपालिका ५ परिगाउँका २३ वर्षीय विपिन भट्टराई र डोटीको जोरायल गाउँपालिका २ बुडरका २३ वर्षीय आकाश मल्ल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले बताए । उनकाअनुसार डोटीको जोरायल गाउँपालिका २ बुडरबाट ती युवतीलाई घर पुर्‍यादिन्छु भनि लगेर बीचबाटोमै बला–त्कार गरिएको थियो ।

पीडित युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई साउन ५ गते पक्राउ गरिएको चन्दले बताए । युवकहरू पक्राउ गरेको चार दिन भइसक्दासमेत प्रहरीले घटना गोप्य राखेर पैसाको बार्गेनि’ङमा मुद्दा मिलाउन खोजेको आरोप लागेको छ ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार २१:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ