जनकपुरधामका शिक्षा शाखा प्रमुख यादवद्वारा अदालत परमादेशको अवहेलना


जनकपुरधाम : एकीकृत अखिल नेपाल शिक्षक संगठन धनुषाले जनकपुरधाम उपमहानगरका शिक्षा शाखा प्रमुख मेहिलाल यादवले अदालतको परमादेशको अवहेलना गरेको आरोप लगाएका छन् ।

संगठनका अध्यक्ष धर्मेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षा प्रमुख यादवले अदालतको परमादेश कार्यान्वयन नगरेर उल्टै अवहेलना गरेको आरोप लगाए । राहत कोटामा नियुक्त ९ जना शिक्षकलाई तलब भत्तासहित पुर्नबहाल नगरेर अदालतको परमादेशको अवहेलना गर्दै अटेर गरेको विज्ञप्तिमा उल्लेख छ ।

तत्काली जिल्ला शिक्षा अधिकारी शंकर कार्कीले ९ जना शिक्षक नियुक्ती प्रक्रियालाई शंकास्पद बताउँदै छानवीनको लागि शिक्षा शिक्षा विभागमा पठाएका थिए । तर, विभागले जिल्लालाई नै छानवीन गर्न भनेपछि तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ती प्रक्रियालाई सही ठहर गर्दै शिक्षा समितिबाट अनुमोदन गराएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकामा चार जना, धनुषाधाम नपा र लक्ष्मीनियाँ गापाका दुई/दुई र मिथिलाबिहारीका एक गरी ९ जना राहत शिक्षकको सेवासुविधा रोक्का गरी नियुक्ति समेत खारेज गरेको थियो ।

प्रकाशित : २०७८ श्रावण ९, शनिबार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ