प्रदेश २ : चरेशसहित तीन जना पक्राउ


सर्लाही : लागुऔषध चरेशसहित तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका ११ का ५९ वर्षीय बीरबहादुर बल, कैलाश गाउँपालिका ५ का २५ वर्षीय सुकराम पाख्री र काभ्रेको नमीबुद्ध नगरपालिका ११ का सुकलाल तामाङ छन् । उनीहरुको साथबाट ११ किलो १ सय ग्राम चरेश बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मलंगवा नगरपालिका २ स्थित नेपाल भारतको सिमाना नजिकबाट उनी तिनैजना पक्राउ परेका छन् । शंका लागेर प्रहरीले चेकजाँद गर्दा चरेश भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको छ । अहिले थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७८ श्रावण ९, शनिबार १४:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ