कमला तटबन्ध बन्यो राजनीतिक अखडा : मर्मत गर्न कोही पुगेन, भत्केपछि नेताहरु लाइन लागे


धनुषा : सबैलास्थित भत्किएको कमला नदीको तत्बन्ध पछिल्लो समय राजनीतिको अखडा बन्दै गएको छ ।

केहि दिन अघि कमलामा आएको बाढीले सबैला नगरपालिका वडा नं.४ पटेरवा र वडा नं.१३ किरतपुरमा भत्किएको तटबन्धमा पछिल्लो समय विभिन्न पार्टीका नेता तथा मन्त्रीले निरीक्षण गर्ने गरेका छन् । सोही क्रममा शनिवार नेपाली काँग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधी र प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले कमला नदी र बलान नदीको स्थलगत निरीक्षण गरेका छन् ।

यस अघि पुर्वमन्त्री मातृका यादवसहितका नेताहरुले सो क्षेत्रको निरीक्षण गरिसकेका हुन् । भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव, कमला नदी नियन्त्रण कार्यालय डिई तथा प्राविधिक टोलि सहित अनुगन गर्न पुगेका पुर्व उपप्रधानमन्त्री निधीले कमला नदी र बलान नदीको कारण वर्षेनी लाखौको जनधनको क्षति हुदै आएकाले त्यसबाट हुने क्षति न्युनिकरण गर्न तथा यातायातमा भईरहेको असुविधालाई सहज बनाउन आफुले पहल गर्ने बताए ।

कमला नदीले वर्षेनी गर्दै आएको क्षतिको विषयमा कमला नदी नियन्त्रण कार्यालयका डिई एकराज भट्राईले उनीहरुलाई जानकारी गराएका थिए । डिई भट्टराईले धनुषाको पोर्तहादेखि भारतको जयनगर सम्म ७ मिटर चौडाईको तत्बन्ध निर्माणको लागि सम्पुर्ण कागजात तयार गरि सम्बन्धी मन्त्रालयमा पठाईसकेको बताए । साढे २ अर्वको लागतमा निर्माण हुने उक्त तटबन्धको लागि पहल गरिदिन पुर्व उपप्रधानमन्त्री निधीलाई उनले अनुरोध समेत गरे । पुर्व उपप्रधानमन्त्री निधीले आफुले त्यसको लागि पहल गर्ने आवश्वास समेत दिए ।

त्यसैगरि, सिरहा नगरपालिका–२३ बलान नदीमा पुल निर्माणको लागि भौतिक पुर्वाधार मन्त्री यादवले ३ करोड रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार ०८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ