उपेन्द्र यादवले कार्यकारिणी सदस्यलाई रिसोर्टमा राख्ने


टुडेखोज, जनकपुरधाम : जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना पक्षका कार्यकारिणी सदस्यहरुलाई रिसोर्टमा राख्ने भएका छन् । भोली (साउन ११ गते) पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले सुल्झाउन कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने भएपछि उनीहरुलाई आज रिपोर्टमा राख्ने स्रोतले जनायो ।

उपेन्द्र पक्षले जसपा कार्यकारिणी सदस्य र संघीय साँसदको बैठक डाकेका छन् । सोही बैठकको बहानामा सबैजना एकसाथ रिपोर्टमा बस्ने र भोली नागरिकता बोकेर आयोग जाने बताइएको छ । पार्टीमा कुल ५५ कार्यकारिणी सदस्य छन् । जसमध्ये अहिले ३४ जना उपेन्द्रको पक्षमा छन् । यो संख्या बढ्न सक्ने दावी गरिएको छ ।

निर्वाचन आयोगले कार्यकारिणी सदस्यको हेड काउन्ट गरेर पार्टी आधिकारिकताको विवादबारे फैसला गर्ने भएपछि जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्चमा रिट दायर गरेको छ । निर्वाचन आयोगले गर्न लागेको हेड काउन्ट रोक्ने महन्थ ठाकुर पक्षको माग छ । आज सर्वोच्चले हेड काउण्ड रोक्न परमादेश जारी नगरे भोली जसपा उपेन्द्र पक्षको हुने निश्चित छ ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार ११:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ