रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित नहुन सुझाव, धर्ना बस्ने निर्णय


काठमाडौं : जेलमा रहनु भएका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई पार्टीका कुनै पनि पक्षमा नलाग्न थरुहटका अभियन्ता तथा विभिन्न संघ संस्थाहरुले सुझाव दिएका छन् ।

निर्वाचन आयोगमा अधिकारिताका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव जानेछन् । आयोगले हेडकाउन्टका लागि कार्यकारिणी समितिलाई साउन ११ गते बोलाएको छ । त्यसमा रेशम चौधरीलाई सहभागी नहुने सुझाव दिएको रेशम चौधरीको रिहाइको अभियानमा लाग्नु भएका सुरेन्द्र चौधरीले जानकारी दिए । दुवै पक्षले आआफ्ना पक्षमा बहुमत पुर्याउनका लागि प्रयासरत रहेका छन् । यसैबैला कुनै पक्षमा नजान सुझाव दिएको छ ।

रेशच चोधरी महन्थ ठाकुर पक्षका नेता हुन् । महन्थ ठाकुर र राजेन्द्र महतोको राजनीतिक गतिविधि हेरेर रेशम चौधरी दुखित भएको बताइएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा जानका लागि नै रेशम चौधरीको मुद्दालाई बार्गेनिङ प्वाइन्ट बनाएको थरुहट अभियन्ताहरुको बुझाई रहेको छ ।

अहिले पनि पार्टीको आधिकारिता विवादमा सनाखतका लागि रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउने कुरा गरिरहेका छन्, तर संसदमा विभिन्न चुनावहरु भयो तर कहिले उपस्थित नगराएको प्रति उहाँहरुले आपत्ति जनाएको छ । नेताहरुलाई आफ्नो पाटी वा समुह जोगाउन जे पनि गर्ने तर जेलबाट छोडाउने, संसदमा उपस्थित गराउन नसकेको गुनासो भइरहेको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाको हिजो बसेको बैठकले रेशम चौधरी निर्वाचन आयोगमा उपस्थित नहुने निष्कर्ष निकालेको छ । छलफलमा मोर्चाका कार्याकारी संयोजक श्रवण थारुले रेशम चौधरीको रिहाइको माग राख्दै श्रावण ११ गते शान्ति बाटिकामा बिरोध तथा धर्ना दिने बताए ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार १२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ