यातायात महासंघले प्रधानमन्त्रीलाई किन बुझायो गाडीको चाबी ?


काठमाडौं : सार्वजनिक यातायात महासंघ नेपालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयलाई गाडीको चाबी बुझाएको छ ।

आइतबार महासंघले भाडा समायोजनको माग गर्दै काठमाडौं प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयलाई गाडीको चाबी बुझाएको हो । त्यसअघि उनीहरुले माइतीघरमा र्‍याली निकालेका थिए ।

उनीहरुले समायोजन र कोभिड १९ विरुद्धको खोप माग गर्दै आएका छन् । र्‍यालीले गर्दा यसक्षेत्रमा केहीबेर सवारी जाम भएको थियो । र्‍याली व्यवसायीहरू यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट, २० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत प्लेकार्ड प्रर्दशन गरेका थिए ।

महासंघले कोभिड खोप सम्बन्धमा, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन सम्बन्धमा, मौद्रिक नीति सम्बन्धमा, २० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धमा, यातायातको बिमा छुट सम्बन्धमा, सडक कानुन लागू गर्ने सम्बन्धमा, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट सम्बन्धमा गरी सात माग अघि सारेको छ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ