प्रदेश २ : साढे तीन करोडमा बन्यो ‘सुखी जेष्ठ नागरिक आवास’, जनप्रतिनिधि दुःखी !


सर्लाही : हरिवन नगरपालिकाले वडा नम्बर १ कैलाशपुरीमा नवनिर्मित जेष्ठ नागरिक आवास भवनको साँचो बुझ्न अस्वीकार गरेको छ ।

चुरे क्षेत्रमा अवस्थित ऐतिहासिक कैलाशपुरी मन्दिर परिसरमा सहरी विकास तथा भवन निर्माण विभागको झण्डै साढे तीन करोड रुपैयाँ लागतमा जेष्ठ नागरिक आवास भवन निर्माण गरिएको छ । कम्पाउण्डसहित निर्माण गरिएको सुविधा सम्पन्न भवनमा १८ कोठा छन् । जसलाई ‘सुखी जेष्ठ नागरिक आवास’ नामाकरण गरिएको छ ।

भवनको निर्माण कार्य पूरा भएपछि शुक्रबार त्यसको साँचो हरिवन १ का वडाध्यक्ष रामबहादुर क्याप्छाकीलाई हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर, कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई र वडाध्यक्ष क्याप्छाकीसहितका जनप्रतिनिधि नआएपछि चाबी हस्तान्तरण कार्यक्रम नै स्थगित भएको भवन निर्माणमा सक्रिय युवा फडिन्द्र अधिकारीले बताए ।

कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य डिल्ली उप्रेती, माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकी, हरिनव–९ का वडाध्यक्ष सीताराम पोखरेलसहित विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । नगर प्रमुख र सम्बन्धित वडाध्यक्ष कार्यक्रममा उपस्थित नभएपछि भवन हस्तान्तरण गर्ने कार्यक्रम नै स्थगित भयो । प्रदेश २ सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले भवन बुभिलिनु भनेर पत्र पठाएपनि नगरपालिकाले त्यसलाई बेवास्ता गरेको अधिकारीले बताए ।

हरिवन १ का वडाध्यक्ष क्याप्छाकीले आफू बिरामी भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको दाबी गरे । उनले पछि अर्को कार्यक्रम गरेर भवनको चाबी बुझ्ने पनि बताए । हरिवन ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेलले कसले र किन भवन निर्माण ग¥र्यो भन्नेबारेमा आफूलाई थाहा नै नभएको प्रतिक्रिया दिए ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार १३:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ