एमाले कुनै गुण्डा दल होइन्, परिपक्व राजनीतिक पार्टी हो : ओली


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा बढी जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको दाबी गरे । उनले नाम नलिइ एक लेखकले ‘केपी ओलीका सुन्डमुसन्डहरुले घर अगाडि आएर चाख्लास्, पख्लास्’ भने रे भन्दै त्यस्तो अफवाह र वाहियात कुरा नगर्न सचेत गराए ।

उनले भने, ‘केपी ओलीको साथमा रहेको कुनै दुईचार जनाको झुन्ड होइन । देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ । देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ ।’ उनले नेकपा एमाले कुनै गुण्डा दल नभएर एउटा परिपक्व राजनीतिक पार्टी भएको बताए ।

उनले आफ्नो सरकार ढालेर माधव नेपाल पक्ष देशमा प्रतिगमन गराउन सफल भएको बताए । ‘अब देश धेरै अप्ठ्यारोमा परेको छ । यो प्रतिगमन सच्चिन सजिलो छैन । धेरै गम्भीर अवस्थामा प्रतिगमन गइसकेको छ । देश अप्ठ्यारो मोडमा पुगिसकेको छु’, उनले भने ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ