सप्तरीमा मन्दिर बनाउन जग खन्दा प्राचीन मूर्ति भेटियो


सप्तरी : अग्निसाइर कृष्णसवरन गाउँपालिका २ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् । मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई ती मूर्ति हस्तान्तरण गरेका हुन् ।

मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुप्मा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए । मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार २१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ