मनसुन पुन: सक्रिय : चारदिन भारी वर्षाको सम्भावना


काठमाडौं : नेपालमा केहि समय मत्थर रहेको मनसुन पुनः सक्रिय भएको मौसमविदले बताएका छन् ।

न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक सर्दै आएका कारण आजदेखि बुधबारसम्म देशभर व्यापक वर्षाको सम्भावना देखिएकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मनसुन बुलेटिन- ६ अनुसार बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइरहेकाले यसका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना बढेको हो ।

यस क्रममा आज (सोमबार) सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना हुने देखिएको छ । बुलेटिनमा भनिएको छ- प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै बुधबार देशैभरी धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ । बुलेटिनमा सचेत गराउँदै भनिएको छ, ‘आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित : २०७८ श्रावण ११, सोमबार ०६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ