जसपा सांसद हराएको भन्दै काठमाडौं प्रहरीमा उजुरी


रूपन्देही : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गरेकी सांसद पुर्मती ढेंगामगर वेपत्ता भएको भन्दै काठमाडौं प्रहरीमा उजुरी परेको छ ।

जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले सांसद ढेंगामगर हराएको भन्दै प्रहरीमा ठाडो उजुरी दिएको बताए । आईतवार दिउसोदेखि नै उहाँ सम्पर्क बाहिर हुनुहुन्छ, मैले सूचना पाएपछि प्रहरीलाई निवेदन दिएको छु’, उनले भने ।

पुर्मतीलाई आज प्रदेश सरकारको नेतृत्व गरेको एमालेले मन्त्री बनाएर लैजाने चर्चा चलेपनि आफुलाई यो विषयमा जानकारी नभएको एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।

यसअघि जसपाबाट प्रदेश सरकारमा सहभागी बनेकी मन्त्री सुमन शर्माले राजीनामा दिएपछि सरकारलाई बहुमत नभएको विपक्षी दलले बताउदै आएका छन् । – नेपाल प्रेस

प्रकाशित : २०७८ श्रावण ११, सोमबार ०७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ