जनकपुर : दुर्घटनामा ३४ वर्षीय यादवको मृत्यू


टुडेखोज, जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिका ९ बालगंगा चोक नजिकै आईतवार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा कमला नगरपालिका ३ पर्सा टोलका ३४ वर्षीय शंकर यादव रहेका छन् । राति करिब साढे ९ बजे प्रदेश ३ ०२ ००९ प ७८१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा यादव घाईते भएका थिए । उनलाई उपचारका लागि जनकपुर लगिसकेपछि मृत्यू भएको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतकलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

प्रकाशित : २०७८ श्रावण ११, सोमबार ०९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ