काँग्रेस केन्द्रीय कार्यालयमा अनसन बसेका नेताहरुको स्वास्थ्य बिग्रियो !


टुडेखोज, जनकपुरधाम : नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललिपुरमा क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै विगत ९ दिनदेखि तीन नेता आमरण अनसन जारी राखेका छन् ।

पूर्व साँसद डा. चन्द्र मोहन यादव, नेताहरु राम पल्टन साह र दिनेश नायक अनसन जारी राखेको हुन् । उनीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि माग पुरा गर्न पार्टी नेतृत्वले चासो देखाएका छैन । उनीहरुको माग पुरा गराउन जनकपुरस्थित पार्टी कार्यालयमा समेत नेताहरु केहिदिनदेखि रिले अनसन बस्दै आएका छन् ।

धनुषाको क्षेत्र नम्बर १ र ४ सहितका क्षेत्रमा धाँधली गरी पार्टी सभापपति शेरबहादुर देउवा पक्षका नेताहरुले क्रियाशिल सदस्यता बाँडेको अनसनकारीहरुको आरोप छ । पार्टीको विधान र केन्द्रीय परिपत्र विपरित बाँडिएको क्रियाशिल सदस्यता खारेज नगरेसम्म अनसन जारी राख्ने अनसनकारीहरु बताउँछन् ।

प्रकाशित : २०७८ श्रावण ११, सोमबार ११:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ