रेशम चौधरी पनि उपेन्द्रकै पक्षमा उभिए, ठाकुर पक्षमा मात्र १६ जना


काठमाडौं : जनता समाजवादी पार्टीका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा स्पष्ट बहुमत सदस्य उभिएका छन् ।

निर्वाचन आयोगमा उपस्थित भएर ३५ जनाले यादवको पक्षमा सनाखत गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेको नेताहरुले बताएका छन् । अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म ३४ जनाले हस्ताक्षर गरेको बताए ।

उनी निकट स्रोतका अनुसार रेशम चौधरी पनि अहिले उपेन्द्र यादवकै पक्षमा उभिएका छन् । उनलाई निर्वाचन आयोगमै उपस्थित गराएर हस्ताक्षर गराउने तयारी भइरहेको छ ।

यसअघि ठाकुरसँगै रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा सहभागी भएका थिए । ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले पनि आफूहरुको पक्षमा १६ जनामात्रै रहेको जानकारी गराए ।

प्रकाशित : २०७८ श्रावण ११, सोमबार १४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ