पूर्वमन्त्री अरगरियाले चढाए बागमतीमा दूध, हिन्दु धर्मप्रति आस्था रहेको सन्देश !


काठमाडौं : जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले बागमतीमा दूध चढाएका छन् । श्रावण महिनाको पहिलो सोमबार आज पशुपतिनाथ पुगेर उनले बागमतीमा दूध चढाएका हुन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध चढाएको तस्बिर शेयर गरी मूत्र पिउने र दूध चढाउने भन्दै व्यङ्ग्य गरेपछि हिन्दु संघसंस्थाले आन्दोलन गरिरहेका बेला उनकै दलका नेताले काउन्टर दिएका हुन् । जसपाका नेता अरगरियाले दूध चढाइरहँदा हिन्दुवादी संघसंस्थाका नेता कार्यकर्ता पनि उपस्थित थिए ।

पूर्वमन्त्री अरगरिया जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका नेता हुन् । उनले बागमतीमा दुध चपढाएर हिन्दु धर्ममाथि आफ्नो आस्था रहेको सन्देश दिएका छन् ।

प्रकाशित : २०७८ श्रावण ११, सोमबार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ