हिसिलाले जब रेशम चौधरीलाई सोधिन्- तपाईंको नेता को हो ?


काठमाडौं : जेलमा रहेका जसपा कार्यकारिणी समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवाद सनाखत गर्न निर्वाचन आयोगमा पुग्दा दुवै पक्षको तानातानमा परेका छन् ।

आयोगमा जेलबाट सीधै पुगेका चौधरीलाई पत्रकारले तपाईं के गर्नुहुन्छ रु भन्ने प्रश्न गरेका थिए । चौधरीले पार्टीभित्रका आपसी वैमनश्यमा आफूलाई किन बोलाइयो भन्ने प्रश्न नेताहरूसँग गर्ने बताए ।

त्यसपछि जसपा नेतृ हिसिला यमीले पत्रकार बनेर सोधिन्, ‘तपाईंको नेता को हो रु’ उनले तीनपटक सोधेपछि पनि रेशमले जवाफ दिएनन् । त्यसपछि उनले पत्रकारलाई भने, ‘मेरो पहिलो अध्यक्ष महन्थ ठाकुर हो, उहाँलाई भेट्छु । अनि उपेन्द्र यादवजीलाई भेट्छु ।’

प्रकाशित : २०७८ श्रावण ११, सोमबार १४:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ