जनकपुरमा बिहानैदेखि वर्षा, बिजुली अबरुद्ध


टुडेखोज, जनकपुरधाम : मनसुन पुन: सक्रिय भई आज विहानैबाट जनकपुरसहित प्रदेश २ का जिल्लाहरुमा बर्षा भइरहेको छ ।

मौषम विभागले सोमबार नै लगातार तीनदिन देशको अधिकांश भागमा वर्षा हुने जनाएको थियो । वर्षाले नदीनालामा बाढी पहिरो आउन सक्ने अनुमान गरिएको छ । नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

बर्षा भइरहंदा जनकपुरमा विजुली समेत छैन् । विद्युत प्राधिकरणले मध्यरातबाटै विजुली लाइन काटेको हो । विजुली न भएका कारण धेरैले समस्या भोगिरहेका छन् ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार ०६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ