जनकपुर विमानस्थलबाट जनावरको छालासहित यात्रु पक्राउ


जनकपुरधाम : जनकपुर विमानस्थलबाट वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छाला सहित प्रहरीले यात्रुलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित एयरपोर्टबाट वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छाला सहित महोत्तरी बर्दीबास नगरपालिका ११ खैरमारा घर भएका ४३ वर्षीय दोर्जे लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जनकपुरबाट काठमाण्डु जान लागेका लामालाई विमान स्थल प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र उक्त छाला फेला पारेपछि उनलाई पक्राउ गरेको थियो । लामालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार ०७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ