‘बाहिर सिंहजस्तो गर्जिने भित्र लम्पसार परेर अपराध गर्ने छुट वर्तमान सरकारलाई हुने छैन’


काठमाडौं : कांग्रेस सांसद गगन थापाले बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने पुरानो सरकारजस्तो नयाँ सरकारलाई छुट नहुने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा थापाले यस्तो बताएका हुन् । ‘संसद्लाई हेप्ने अदालतलाई थर्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने,’ थापाले भने, ‘स्थानीय सरकारलाई पंगु बनाउने जनताको दुहाई दिने तर आसेपासे पोस्ने बाहिर सिंहजस्तो जर्गिने भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको अघिल्लो सरकार । नयाँ सरकारलाई यस्तो अपराध गर्ने छुट छैन ।’

उनले संसद् पनि मनोमानि ढंगले स्थगित गर्न अब नदिइने बताए । उनले सरकारबाट संसद होइन्, संसदबाट सरकार डराउनुपर्ने उनको भनाई थियो ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ