पूर्वसभामुख महरा उच्च अदालतबाट पनि सफाइ पाए


काठमाडौं : संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौ’न दुर्व्यव’हारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

जर्बज’स्ती कर’णी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार काठमाडौं जिल्ला अदालतको सुरु फैसला सदर गरेको हो । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको अदालतकी प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् ।

महरा सभामुख रहेका बेला संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले आफूमाथि जर्बज’स्ती कर’णीको प्रयास गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । ०७६ असोज १४ मा पदबाट राजीनामा दिएका महरा असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका थिए ।

कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुना’मा रहेका महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले निर्दोष रहेको फैसला सुनाएको थियो ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ