जसपा संसदीय दलको विधान पारित, नेता चयन गर्न समिति गठन


काठमाडौं : जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको नेताको निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको नेता मोहम्मद इस्तियाख रायीले जानकारी दिए । रायीका अनुसार समितिमा रमेश यादव र सुशीला श्रेष्ठ पनि हुन् ।

यस्तै बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । यस्तै बैठकले निर्वाचन आयोग र अदालतको मुद्दामालिा हेर्ने जिम्मेवारी पार्टीका नेता प्रकाश अधिकारीलाई तोकेको सांसद् रायीले बताए ।

केन्द्रीय कार्यकारिणाी समितिमा यादव समूहको बहुमत पुगेपछि जसपाको उपेन्द्र यादव समूहलाई सोमबार निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो । यादव समूहले आधिकारिकता पाएसँगै महन्थ ठाकुर समूह दलविहीन भएको छ ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ