Big News- देउवा सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेश प्रमुखलाई हटाए !


काठमाडौं : कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले तीनवटा प्रदेश प्रमुख हटाउने भएको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले लिएको हो ।

मन्त्रिपरिषद्ले ओली सरकारबाट नियुक्त गरिएकामध्ये प्रदेश २ बाट राजेश झा अहिराज, गण्डकीबाट सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर गठबन्धनका दलबाट आएको सिफारिस अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने भएको हो ।

नयाँ प्रदेश प्रमुखमा माओवादीले तिलक परियार र अमिक शेरचनलाई निरन्तरता दिने निर्णय लिएको छ । माओवादीले गण्डकी र लुम्बिनीमा आफ्नो पक्षका प्रदेश प्रमुख नियुक्तिका लागि नाम सिफारिस गरेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले प्रदेश प्रमुख सिफारिस गर्दैछ

यसअघि लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो । अहिले बागमती प्रदेश प्रमुखमा विष्णु प्रसाद प्रसाई, सुदुरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव, गण्डकी प्रदेश प्रमुखमा सीताकुमारी पौडेल, लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव, प्रदेश १ प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश २ प्रमुखमा डा. राजेश झा र कर्णाली प्रदेश प्रमुखमा गोविन्द प्रसाद कलौनी छन् ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ