महोत्तरीमा बगैंचामा लुकाएको सालको काठ बरामद


जनकपुरधाम : महोत्तरीको गौशला नगरपालिका ११ स्थित लक्ष्मीनिया टोलबाट आज सशस्त्र प्रहरीले करीव १ लाख ६६ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

सो ठाउँस्थित बगैचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालयमा बुझाईएको छ ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ