जसपाले ठाकुर पक्षका तीन प्रदेश सांसदलाई कारबाही गर्यो


काठमाडौं : जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

पार्टीको आधिकारिकता पाएपछि पहिलो पटक मंगलबार बसेको कार्यकारणी समितिको बैठकले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको नेता मोहमद इस्तियाक राइले जानकारी दिए । तीनै जना ठाकुर पक्षका हुन् । उनीहरु लुम्बिनी प्रदेश सरकाकारमा समेत सहभागि थिए ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि भएपछि उनीहरुलाई कारबाही गरिएको बताइएको छ । उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । उनीहरु सर्वोच्च अदालतमा गएपछि सर्वोच्चले उनीहरुलाई थमौती दिएको थियो ।

शंकर पोखरेल नेतृत्वको सरकारमा जसपाका ४ जना सांसद सहभागी भए सुमन शर्मा रायमाझीले केही दिनअिघ मात्रै राजीनामा दिएकी थिइन् । उनीमाथि भने केही कारवाही गरिएको छैन् ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ