धनुषा : कुटपिट गरी नदिमा फालेका युवकको मृत्यू, ४ जना पक्राउ


जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा कुटपिट गरी नदीमा फालेपछि प्रहरीले उद्धार गरेका एक युवकको उपचारको क्रममा मृत्यू भएको छ ।

शहिदनगर ३ गोठकुहाका श्रीप्रसाद यादवका छोरा २१ वर्षीय गोबिन्द यादवको मृत्यू भएको हो । सोमवार राति निर्घात कुटपिट गरी अज्ञात व्यक्तिले यादवलाई नदीको झाडीमा फालेका थिए । गम्भीर अवस्थामा मगलबार बिहान साढे ६ बजे प्रहरीले उद्धार गरी उपचारका लागि जनकपुर पठाएको थियो ।

जनकपुरमा उनको उपचार सम्भव भएन । त्यसपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा भर्ना गराइयो । तर त्यहाँ उपचारको क्रममा मृत्यू भएको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय मुर्बल यादवसहित ४ जना छन् । बाँकीको पहिचान प्रहरीले गोप्य राखेको छ । घटना विषयमा अनुसन्धन गरिरहेको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संवित भण्डारीले जनाए ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ