गोलबजारका व्यापारी कोकबा जेल चलान


टुडेखोज, जनकपुरधाम : बला-त्कार मुद्दामा फसकेका सिरहा, गोलबजारका व्यापारी कोकबा भनिने महेश साहलाई अदलतले पूर्वपक्षका लागि जेल चलान गरेको छ ।

गोलबजार नगरपालिका ४ का ५० साह साहलाई गत असार १० मा प्रहरीले पक्राउ गरेको थियो । धनगढीमाई नगरपालिकामा साहको कौशल एग्रो राइस मिल छ । सोही मिलमा एक महिलालाई बोलाएर बला-त्कार गरेपछि उनीमाथि प्रहरीमा उजुरी दर्ता भएको थियो ।

सिरहा जिल्ला अदालतले साहलाई जेल चलानको आदेश दिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार मुद्दा मिलाउनका लागि सिरहाका कैयौं व्यापारी प्रहरीलाई दबाब दिइरहेको थियो ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ