सर्लाही शोकमा : ९ दिनको शिशुसहित तीन जनाको लाश भेटियो


सर्लाही : जिल्लाको ब्रह्मपुरी गाउँपालिका ३ भेल्हीमा ९ दिनकै शिशुसहित तीन जनाको शव फेला परेको छ ।

पोखरीमा डुबेको अवस्थामा ९ दिनको शिशुसहित तीन जनाको शव फेला परेको वडाध्यक्ष श्याम शाहले जानकारी दिए । स्थानीय सञ्जीव कापडकी २६ वर्षकी श्रीमती रिकेवादेवी, १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव सूर्यवंश चौधरीको निजी पोखरीमा फेला परेको वडाध्यक्ष साहको भनाई छ ।

मंगलबार राति घरबाट निस्केकी रिकेवादेवीको शव बिहान पोखरीमा देखेपछि घटना सार्वजनिक भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार श्रीमती र बच्चा खोज्न निस्केका सञ्जीव अहिलेसम्म सम्पर्कमा आएका छैन ।

तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको र हत्या वा आत्महत्याबारे अनुसन्धान भैरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन् ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार १०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ