बला-त्कार आरोपमा नेपाल प्रहरीका असई मण्डल पक्राउ


सुनसरी : युवतीलाई बला-त्कार गरेको आरोपमा सुनसरीबाट नेपाल प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका छन् ।

२०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बला-त्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनी पक्राउ परेका हुन् । जाहेरी दर्ता भएर जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी भएपछि प्रहरी सहायक निरीक्षक (असई) मण्डलले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए ।

अदालतबाट एक हप्ता म्याद थप गरी मण्डलमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । मण्डलले आफू अविवाहित रहेको भन्दै विवाह गर्ने प्रलोभनमा सम्बन्ध बनाएको युवतीको भनाइ छ । असई मण्डल झापा सरुवा भएपछि श्रीमती रहेको थाहा पाएपछि भने आफूलाई अन्यायमा परेको थाहा पाएर प्रहरीमा उजुरी गरेको केसीले बताए ।

युवतीले न्यायको माग गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरमा समेत ठाडो निवेदन दिएकी थिइन् । त्यसपछि असई मण्डल प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका थिए । मण्डलले युवतीलाई आर्थिक प्रलोभन देखाउँदै मिल्न दबाब दिएको युवतीले बताएकी छन् ।

असई मण्डलले साउन ३ गते युवतीलाई ‘सल्लाह गर्न आऊ’ भन्दै बोलाएर ५० हजार रुपैयाँ दिने भनेर मिल्न दबाब दिएको समेत युवतीले बताइन् । मण्डलले लेखापढी व्यवसायीलाई युवतीसँगको सबै सम्बन्ध समाप्त भएको भन्दै कागज लेख्न लगाएर युवतीलाई सही गर्न भनेको तर आफूले हस्ताक्षर नगरेको युवतीको भनाइ छ ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ