सिरहा : मेयरको गाडी ठक्करबाट एकजना गम्भीर घाइते


सिरहा : कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानको सरकारी गाडीले ठक्कर दिएपछि एकजना गम्भीर घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका २ स्थित मल्हनियाँ चोकमा मेयर चढ्ने ना १ झ १६३९ नम्बरको स्कोरपियोले मंगलबार राति स ९ प ८०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सबार कल्याणपुर नगरपालिका १० काैरनियाहीका अमरेन्द्र मण्डल गम्भीर घाइते भएका छन् ।

घाइते अमरेन्द्र मण्डलकाे टाउकोमा चोट लागेको छ । मण्डलको उपचार मिर्चैयास्थित मंगलम हस्पिटलमा भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार १८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ