महन्थ ठाकुरलाई भिष्म पितामह भनेका रेशम चौधरी उपेन्द्र यादव पक्षमै खुले


काठमाडौं : जनता समाजवादी पार्टी ने‍पाल ९जसपा०का कार्यकारिणी सदस्य रे‍शम चौधरी उपेन्द्र यादव पक्षमा खुलेका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडासँगको टेलिफोन कुराकानीका क्रममा आफू आधिकारिक पार्टीमै रहने इच्छा व्यक्त गरेका थिए । तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहेको उनले प्रस्ट पारे ।

डिल्लीबजारस्थित कारागारमा रहेका निलम्बित साँसद चौधरीले यसअघि जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले बोलाउँदा तटस्थ बस्ने निर्णय गरेका थिए । उनले निर्वाचन आयोगमा महाभारतको कथा सुनाउँदै महन्थ ठाकुरलाई ‘भिष्म पितामह’सँग तुलना गरेका थिए ।

‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत् व्यक्त गर्नुभएको इच्छा र तुलसीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रस्ट गर्न चाहन्छु’, खतिवडाले भने ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ