बाढीले भत्काएको कमला तटबन्ध पुग्दै मन्त्री भुसाल


जनकपुरधाम : धनुषाको पूर्वी क्षेत्रको सबैला नगरपालिका क्षेत्रमा कमला नदीले भत्काएको तटबन्धलाई निरीक्षण गर्न उर्जा, सिंचाई मन्त्री पम्फा भुसाल आज जनकपुर आएकी छन् ।

कमला नदीको बाढीले सबैला नगरपालिकाको किरतपुरमा करिब ११ सय मिटर र पर्टेवामा ३ सय मिटर तटबन्ध कटान गरिएको छ । सोही तटबन्धको निरीक्षण गर्न मन्त्री भुसाल धनुषा आइपुगेकी हुन् । उनी जनकपुरस्थित पार्टी कार्यालयमा भेटघाट पश्चात कमला नदीको भत्किएको तटबन्धको स्थलगत निरीक्षण गर्न त्यहाँ पुग्ने बुझिएको छ ।

नदीको पानीको मुहान फर्किन नदिन तटबन्ध मर्मतको कार्य भइरहेको छ । मन्त्री भुसालले नदीको वहाव र तटबन्धको अवस्थालाई हेरेर आवश्यक बजेट उपलब्ध गराउने बताइएको छ ।

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ०८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ