कस्तो रहला आजको मौसम ?


काठमाडौं : मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार आज गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ