जुवा खालबाट दुई वडाध्यक्ष पक्राउ


काठमाडौं : जुवा खेलिरहेका अवस्थामा प्रहरीले रंगेहात दुई वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्य १३ जना छन् । नियमित गस्तीका क्रममा प्रहरीले जुवा खेलिरहेको थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

हुम्लाको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट श्रीनगर प्रहरी चौकीले बुधबार उनीहरुलाई पक्राउ गरेको बताइएको छ । अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिमाना तिरेपछि प्रहरीले उनीहरुलाई घर पठाएको छ ।

पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली ३ का जनकबहादुर विष्टको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार १२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ