प्रदेश २ : लोडसेडिङ विरुद्ध प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध !


टुडेखोज, जनकपुरधाम : पटक पटक हुने गरेको विद्युत् कटौतीको विरोधमा सर्लाहीको हरिवनमा स्थानीयले प्रदर्शन गरेका छन् । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर हरिवनबासी प्रदर्शन गरेका हुन् ।

विद्युत प्राधिकरणको लापरबाहीविरुद्ध करिब १० मिनेट राजमार्ग अवरुद्ध पारेर उनीहरु प्रदर्शन गरे । अघोषित लोडसेडिङले हैरान भएको भन्दै आन्दोलन गर्न बाध्य बनेको उनीहरुको भनाई छ । लोडसेडिङ नगर्न प्रदर्शनका उत्रेका स्थानीय विद्युत प्राधिकरण शाखा लालबन्दीमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्राधिकरण लालबढीका प्रमुख सुधिर रायले ढल्केबर ग्रीडको सव स्टेशनको ३० एमविए पावर ट्रान्सफर्मर बिग्रेका कारण विद्युत आपूर्तिमा समस्या आएको बताएका छन् । आन्दोलनपछि उनले विद्युत कटौतीमा सुधार गरिने आश्वासन दिए ।

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार १२:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ