सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौंमा


काठमाडौं : आफूले बेचेको उखुको भुक्तानीको माग गर्दै सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आइपुगेका छन् ।

उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरि श्यामले सरकारसँग भएको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन आफूहरु फरि काठमाडौं आएको बताए । बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी बक्यौता रकम र आगामी रणनीतिबारे जानकारी दिने बताए ।

उनले आफूहरुको हिसाबअनुसार छ वटा मिलबाट ४१ करोड बक्यौता लिन बाँकी रहेको बताए । ‘उक्त रकम आगामी भदौसम्म उठाइदिन सरकारसँग माग राख्ने र त्यो समयम्म रकम नउठे फेरि आन्दोलनमा जान्छौं,’ उनले भने ।

त्यसोत उखु किसानहरुले गत वर्ष २८ मंसिरदखि पुस १३ गतेसम्म काठमाडौंको माइतीघरमा आन्दोलन गरेको थियो । सो क्रममा एक जना उखु किसानको हृदयघातका कारण मृत्यु भएको थियो ।

आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा बोकेर सर्लाहीबाट नारायण राय यादप मंसिरको अन्तिम साता काठमाडौं आएको थियो । तर, आन्दोलनकै क्रममा उनको मृत्यु भएको थियो ।

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार १३:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ