जसपाले संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने


कामाडौं : सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले चार महिने संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने भएको छ ।

बिहीबार सकिएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने जानकारी दिए ।

उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धी कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए । बैठकले अनुशासन सम्बन्धी घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई रहेका छन् । त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरेको छ ।

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ