आज साउन १५ अर्थात खीर खाने दिन


जनकपुरधाम : आज साउन १५ अर्थात् खीर खाने दिन हो । यस दिनलाई अधिकांश नेपालीले खीर खाएर मनाउने गर्छन् । बर्खा यामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको हो ।

आजको दिन परिवारका सदस्य, आफन्त र छिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने गरिन्छ । स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचीनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।

साउन १५ लाई राष्ट्रिय खीर दिवसका रुपमा मनाउन केही नेपालीहरुले सरकारलाई प्रस्तावसमेत गरेका छन् ।

प्रकाशित : २०७८ श्रावण १५, शुक्रबार ०७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ