देशभरका शिक्षक धर्नामा, यस्तो छ माग


काठमाडौं : देशभरको शिक्षकहरू विभिन्न माग राखी धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन् ।

देशैभरका गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बिहान ८ बजेदेखि सुरु गरेको धर्ना अपराह्न चार बजेसम्म जारी राख्ने जनाएको छ । शिक्षकहरुले विगतदेखि नै राख्दै आएका माग पूरा गराउन तथा राज्यसँग भएका विगतका सहमतिहरू कार्यान्वयन गराउनको लागि चौथो चरणको आन्दोलनअन्तर्गत धर्नामा बसेका छन् ।

गुणस्तरीय शिक्षाका लागि बजेटको २० प्रतिशत भाग शिक्षा क्षेत्रका लागि छुटाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्ने, राहत, साविकको उच्च मावि र बाल कक्षाका शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलाग्ने गरी आन्तरिकरखुला प्रतियोगितामार्फत स्थायी गरिनुपर्ने, स्थायी शिक्षकलाई हरेक १० वर्षमा एक तह आवधिक बढुवाको प्रबन्ध हुनुपर्ने शिक्षकहरूको माग छ।

प्रकाशित : २०७८ श्रावण १५, शुक्रबार १२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ