प्रदीप गिरीले सदनमा भने- हामी गरिब छौं, तर दरिद्र छैनौँ


काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपालीहरू गरिब भए पनि दरिद्र नभएको बताएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमसीसीको प्रस्ताव अमेरिकाबाट आएको र यस्तै प्रस्ताव भारत, चीनबाट पनि आउन सक्ने बताएका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुरजीलाई शुभकामनाका । साथमा केही शंसय पनि छन् । मभन्दा पूर्ववक्ता (भीमरावल)ले एउटा सम्झौतालाई केन्द्रमा राखेर गम्भीर वक्तव्य दिनुभयो । उक्त सन्धीको प्रयास अमेरिकाबाट आएको छ,’ गिरीले भने, ‘यस्तै प्रस्ताव भारत वा चीनबाट आउला वा आइसकेको होला । हामी गरिब छौँ तर, दरिद्र छैनौँ । स्रोत सम्पन्न छौँ ।’

उनले देशमा लोकतन्त्र होइन दलतन्त्र चलिरहेको अवस्थामा हाम्रा दलहरु किन साझा नीति बनाउन सक्दैनन् भन्दै प्रश्न पनि गरे । ‘सबै दलहरु साझा विदेश नीतिमा प्रति प्रतिबद्ध हुँदैनन् । एकअर्कालाइ उचा देखाएर मुखको तितो मात्रै पौख्छौँ,’ उनले भने, ‘माल पाएर चाल नपाएर अगाडि बढिरहेका छौं । मुलुकभित्र हेरेका छैनन्। बाहिर मात्रै हेरेका छन् । पहिले हामी साझा दृष्टिकोण बनाऔं ।’

प्रकाशित : २०७८ श्रावण १५, शुक्रबार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ