भौतिक उपस्थितिबिना पठनपाठन सञ्चालन गर्न निर्देशन


जीतपुर : बाराको निजगढ नगरपालिकाले भौतिकरुपमा बिद्यार्थीको उपस्थित गराई शुरु भएका बिद्यालयहरुलाई भौतिक उपस्थिती बिना पठनपाठन गर्न निर्देशन दिएको छ ।

कोरोनाको दोश्रो भेरियन्टको प्रकोप निरन्तर रही रहेको र फेरी कोभिड सक्रमितहरुको संख्या क्रमश बढ्दै गएको छ । नगरपालिकाका विद्यालयहरुमा वैकल्पिक सिकाईको माध्यममबाट पठनपाठन गर्न यस अघि नै निर्देशन भएको र भौतिक उपस्थितिबाट पठनपाठन गर्ने भन्ने कुनै निर्णय नभएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

कोभिड १९ को उच्च जोखिम कायमै रहेको बिद्यमान अवस्थामा स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अनुरोध गरेकाले भौतिकरुपमा संचालनमा रहेका विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट विद्यालय संचालन गर्न निर्देशन भएको नगरप्रमुख खनालले बताए ।

प्रकाशित : २०७८ श्रावण १६, शनिबार ११:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ