वीरगञ्ज : लाइसेन्स बनाउन आएका युवकको ह-त्या, ३ जना पक्राउ


पर्सा : काठमाडौंबाट लाइसेन्स बनाउन वीरगन्ज आएका एक युवकको ह-त्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज ७ रामटोलका २५ वर्षीय राहुल महर्जन, सोही ठाउका २७ वर्षीय दीप लामा र बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजक रहेका छन् । ह-त्यामा संलग्न भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने पक्राउ पर्न सकेका छैन् ।

सर्लाहीको लालबन्दी नगरपालिका १ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन गत बुधबार वीरगन्ज आएका थिए । सोही दिन वीरगन्ज ७ रामटोल स्थित सडकमा उनी घाइते र अचेत अवस्थामा फेला परे । उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

सुजनले लगाएको सुनको औंठी र सिक्री लुट्नका लागि उनकै साथीहरुले ह-त्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीन जना विरुद्ध कर्त’व्य ज्या’न सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण १६, शनिबार १३:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ