कर्णालीमा डुंगा पल्टियो, बच्चालाई खोप लगाउन हिँडेकी आमासहित ३ जना बेपत्ता


काठमाडौं : कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका(३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका ४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो । दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् ।

काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार डुंगामा सवार १० जनामध्ये तीन जना बेपत्ता छन् ।

बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका ३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ वर्षका छोरा रहेको डिएसपी घर्तीले बताए । डुंगा पल्टिँदा पाँच जनाको सकुशल उद्धार भएको छ । दुई जना घाइते भएको प्रहरीले कार्यालयले जनाएको छ ।

१९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छन् भने एक महिनाका कर्ण सलामी सामान्य छन् । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।

प्रकाशित : २०७८ श्रावण १७, आईतवार १५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ