एसएसबीले तुइन काटेको विरोधमा नरेन्द्र मोदीको पुत्ला जलाइयो


कञ्चनपुर : दार्चुलाका जय सिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएपछि आक्रोशित युवा विद्यार्थीले आइतबार साँझ महेन्दनगरमा ​प्रदर्शन गरेका छन् ।

सुरक्षाकर्मीको अवरोधलाई छलेर उनीहरूले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरे । एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र युवाले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । उनीहरूले पुत्ला जलाउनअघि प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्

प्रहरीले प्रधानमन्त्री मोदीको पुत्ला जलाउन नदिन युवा विद्यार्थीलाई रोक्ने प्रयास गरेको थियो । प्रहरी र विद्यार्थीबीच केही समय पुत्ला खोसाखोससमेत भएको थियो । विद्यार्थी र युवाले प्रहरी अवरोधबीच प्रधानमन्त्री मोदीको पुत्ला जलाएका छन् ।

भारतीय एसएसबीले तुईन काटेपछि शुक्रबार व्यास गाउँपालिका २ का ३० वर्षिय जय सिह धामी महाकाली नदीमा वेपत्ता भएका थिए । उनको शव अझै भेटिएको छैन ।

वैदेशिक रोजगारीका काठमाडौं जान धामी भारतीय भूमि भएर सदरमुकाम खलंगा आउन तुइन चढेका थिए । हतियार सहितका एसएसबीले धामीका आफन्तको गुहारलाई समेत वास्ता नगरी तुइन काटिदिएका थिए ।

प्रकाशित : २०७८ श्रावण १७, आईतवार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ